कोरोना भाइरसः मृतकको संख्या १७ सय नजिक, ४० जना अमेरिकी पनि संक्रमित

बाइलाइन नेपाल
५ फाल्गुन २०७६, सोमबार ०८:४५

४० जना अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकी मध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोनाको संक्रमण देखिएपछि उनिहरुलाई जापानमै राखेर उपचार सुरु भएको छ । बाँकी ३ सय ६० जना अमेरिकी भने स्वदेश फर्किरहेका छन ।

उनिहरुलाई दुई वटा चार्टर विमानमार्फत अमेरिका लगिएको बीबीसीले जनाएको छ । करिब ३ हजार ७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारन्टीनमा राखिएको थियो ।

उक्त पानीजहाजबाट हङ्‌कङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएपछि पानीजहाजलाई क्वारन्टीनमा राखिएको थियो।

यो क्रममा ४० जना अमेरिकीलाई कोरोना संक्रमण भएको हो । चीनबाहिर नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको यो सबैभन्दा ठूलो संख्या हो ।यो सँगै पानी जहाजमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ३ सय ५५ पुगेको छ।

कोरोनाका कारण अहिलेसम्स १६ सय ९२ जनाको मृत्यु भएको छ । यसमध्ये चीनमा मात्रै १६ सय ९० को ज्यान गएको छ । सोमबार मात्रै १ सय जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १६ सय ९२ पुगेको हो ।

वुहानमा सोमबार १९ सय ३३ जना नयाँ संक्रमित देखिएका छन । अहिलेसम्म हुवेई प्रान्तमा मात्रै ५८ हजार १ सय ८२ जना संक्रमित भएको चिनियाँ अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

संक्रमित हुनेको संख्या बढ्दै गएपछि चीनको हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइको घोषणा गरिएको छ। त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि आपत्‌कालीन अवस्थामा मात्र बाहिर निस्कन दिइनेछ।

त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरधुरीबाट एक जनालाई हरेक तीन दिनमा बाहिर निस्कन अनुमति दिइनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*