हेटौंडामा भएको र्‍यापिड टेष्टमा ४ जनाको पोजेटिभ

बाइलाइन नेपाल
April 16th, 2020

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेष्टमा ४ जनाको पोजेटिभ देखिएको छ ।

हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्‍यापिड टेष्टमा ४ जनाको पोजेटिभ आएको हो । बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजेटिभ आएको टेष्टमा संलग्न मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईले बताए ।

उनीहरु मध्ये भारत विहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ बर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ बर्षीय एक बृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ बर्षिय एक युवक र साउदी अरबबाट फर्किएका ३२ बर्षीय एक युवक रहेका छन् ।

उनीहरुलाई पिसिआर जाँचका लागि स्वाब संकलनका लागि हेटौंडा अस्पताल लगिएको छ । हेटौंडा–१५ मा गरिएको टेष्टमा भने सबैको नेगेटिभ पाईएको छ ।–साभारः प्रष्टखबर डटकमबाट 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*