भूमि सम्वन्धि समस्याको स्थायी समाधानका लागि भूमिका खेल्छुः लवशेर विष्ट
हेटौंडा / मनहरी गाउँपालिका भुमी अधिकार मंचले नेकपाका मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार लवशेर बिष्टलाई बफरजङ्ग र आरक्षण , भुमिहीन दलित , भुमीहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुको समस्या समाधान नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गा बफरजङ्ग र आरक्षणको क्षेत्राधिकार भित्र पर्ने भन्दै अहिले सम्म नापी नगरेर समस्या खडा गर्दै हालसम्मको सरकारले गरिबहरुमाथी थिचोमिचो गर्दै आएकोले अब बन्ने सरकारले मनहरी बासीको समस्या समाधान गर्न पहल गरुन् भनेर पत्र बुझाएको मनहरी गाउँपालिका मंच अध्यक्ष सुर्यबहादुर सापकोटाले बताए ।
मंचले बुझाएको भुमी सम्बन्धि ध्यानाकर्षण पत्रलाई आत्मसात गर्दै उम्मेदवार बिष्ट ले आफुले जितेर गएपछि मनहरीको भुमि सम्बन्धि समस्यालाई पहिलो मुद्दाको रुपमा उठान गर्ने बताए । उत्तरी मकवानपुर थाहा नगरपालिकाका निवर्तमान मेयर बिष्टले आफुले काम गरेर सबैको मन जितेको बताए ।
मनहरी गाउँ पालिकाको ज्यामिरेमा भएको ९ नम्बर वडा कमिटी को आयोजनामा भएको कार्यक्रममा मनहरी गाउँ पालिका मंचका अध्यक्ष सुर्यबहादुर सापकोटा , जिल्ला भुमी अधिकार मंच अध्यक्ष देवकृष्ण थोकरले उम्मेदवार बिष्टलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । कार्यक्रम नेकपा मनहरी गाउँ पालिका ९ नम्बर वडाध्यक्ष सोलाल गोलेको सभाध्यक्षतामा भएको थियो ।

बाइलाइन नेपाल











