अग्निपीडित चेपाङलाई श्रम संस्कृतिले बनाइदियो घर

बाइलाइन नेपाल
६ बैशाख २०८३, आईतवार १५:०४

हेटौंडा । राक्सिराङ गाउँपालिका ३ लावतीका अग्निपीडित निशामाया चेपाङको परिवारका लागि श्रम संस्कृति पार्टी मकवानपुरले घर निर्माण गरिखिएको छ ।
घर जलेर स्याउलाको छाप्रोमा बस्दै आएको निशामायाको परिवारलाई श्रम संस्कृति पार्टीलेले नयाँ पक्की घर निर्माण गरिदिएको हो ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिन्तानले निशामाया परिवारलाई गृहप्रवेश गराएका छन् ।

करिब १० धुर जमिनमा श्रम संस्कृति पार्टीका कार्यकर्ताले श्रमदान र चन्दा संकलन गरेर जस्तापाताको छाना भएको २ कोठे भवन वनाएका थिए । श्रमदानसहित २ लाख ५ हजार रुपैयाँको लगानीमा उक्त घर निर्माण गरेको पार्टी अध्यक्ष सिन्तानले बताए ।

गत चैत ४ मा निशाको घरमा आगो लागेर पूर्णरुपमा जलेको थियो । घर जलेर करिब ६ लाख बराबरको क्षति भएको थियो । घर जलेपछि चेपाङ परिवार खोरियामा स्याउलाको छाप्रो बनाएर बस्दै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*