आजबाट राजधानी हेटौंडा, नाम वागमती

बाइलाइन नेपाल
२६ पुष २०७६, शनिबार २०:०८
फाइल तस्वीर

हेटौंडा । दुई वर्षपछि आजबाट प्रदेश ३ ले स्थायी राजधानी र नाम पाउने भएको छ । आज बिहान ९ बजे बाट बस्ने प्रदेशसभाको बैठकले स्थायी राजधानी हेटौंडा र नाम वागमती पारित गर्दैछ । प्रदेश ३ मा २०७४ माघ २९ गते सरकार गठन भएको थियो ।

प्रदेशसभामा रहेका १ सय ९ सांसद मध्ये राजधानी हेटैंडाको पक्षमा १ सय ५ र राजधानी वागमतीको पक्षमा १ सय ८ मत रहेको छ । संविधान अनुसार प्रदेशसभाको बैठकले विधि र प्रक्रिया पुर्याएर आजबाट प्रदेश ३ को आफ्नै नाम र स्थायी राजधानी दिंदै छ ।

अस्थायी राजधानी तोकिएको हेटौंडालाई नै स्थायी राजधानी कायम गर्न नेकपा, नेपाली कांग्रेस, नेमकिपा, राप्रपा र राप्रपा संयुक्त सहमत भएका छन् । आज बैठकमा हुने मतदान प्रक्रियाबाट यसको टुंगो लाग्दैछ । अंकगणितीय हिसाबबाट राजधानी र नाम पारित भएपनि विधि र प्रक्रियाकाले आजको बैठकसम्म कुर्नुपर्ने छ ।

प्रदेश ३ मा १ सय १० जना सांसद रहेका छन् । जसमध्येबाट सभामुखमा सानुकुमार श्रेष्ठ चयन भएपछि १ सय ९ जना रहेका छन् । १ सय ९ जना मध्ये नेकपाका सांसद ७९ जना रहेका छन् । जुन संख्या नै राजधानी पारितका लागि दुई तिहाइ मत रहेको छ ।

यसमा नेपाली कांग्रेसको २२, नेमकिपाको २, राप्रपा र राप्रपा संयुक्तको १/१ मत जोड्दा राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत पुग्दछ । राजधानी धुलिखेल प्रस्तावको पक्षमा भने विवकशिल साझा पार्टी र विवेकशिल नेपाली को ३ मत मात्र रहेको छ । एक मत रहेको स्वतन्त्र सांसद प्रेम तामाङले भने मत प्रक्रियामा सामेल नहुने घोषणा गरिसकेका छन् । राजधानी र नाम प्रदेशसभाबाट पारित गर्न ७४ मत आवश्यक पर्दछ ।

प्रदेशको नाम वागमतीमा भने सबैको समर्थन रहेको छ । नाम वागमतीका लागि स्वतन्त्र सांसदबाहेक अरुको समर्थन रहेकाले १ सय ८ मत नै रहेको देखिन्छ । आइतबार बिहान ९ बजेबाट सुरु हुने प्रदेशसभा बैठकले राजधानी र नाम पारित गर्ने छ ।

शनिबारको बैठकमा राजधानीका लागि हेटौंडा र धुलिखेलको प्रस्ताव पेश भएको छ भने नाममा वागमतीको मात्र प्रस्ताव पेश भएको छ । राजधानीका लागि हेटौडाको प्रस्तावकमा मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा नेकपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ र नेमकिपाका सुरेन्द्र लाल गोसाईं रहेका छन् ।

यस्तै राजधानी धुलिखेलको प्रस्तावकमा विवेकशिल साझाका रमेश पौडेल रहेका छन भने समर्थकमा शोभा शाक्य र विरजभक्त श्रेष्ठ रहेका छन् ।

यसैगरी आजैको बैठकमा प्रदेशको नाममा वागमती मात्र प्रस्स्ताव पेश भएको छ । कांग्रेस प्रदेश ३ का संसदीय दलक नेता इन्द्र बानियाँले वागमती नाम पशे गरेका हुन यसको समर्थनमा रिता माझी, रिना गुरुङ। रमेश पौडेल, शोभा शाक्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*