अजिता भुजेल हत्यामा सम्लग्न पक्राउ

बाइलाइन नेपाल
February 4th, 2020

हेटौंडा । हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्यामा सम्लग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

हत्यामा सम्लग्न भएको भन्दै प्रहरीले हेटौंडा–११ बस्ने वर्ष २० एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने वर्ष २४ को आशिष बल, हेटौंडा–१४ बस्ने वर्ष २१ बुद्ध लामा, हेटौंडा–९ बस्ने वर्ष १८ को सिमोन परियार र हेटौंडा–४ बस्ने वर्ष २५ को शुसिल थापा मगर रहेका छन् ।

उनिहरुले थानाभ¥याङमा ना ६ ख ६५२७ नम्बरको ट्रक भित्र भुजेलको हत्यार गरेर क्याम्पाडाँडामा लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*