एक विद्यालय–एक नर्स” लाई थप प्रभावकारी बनाउन निर्देशन

बाइलाइन नेपाल
३० जेष्ठ २०८३, शनिबार १५:१९

हेटौँडा । बागमती प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले प्रदेश सरकारद्वारा सञ्चालित “एक विद्यालय–एक नर्स कार्यक्रम” लाई थप प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिको ४६औँ बैठकले यो कार्यक्रमलाई विद्यार्थीहरूको शारीरिक, मानसिक तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन गर्ने एक दूरदर्शी मानव विकासको आयोजनाकारूपमा निष्कर्ष निकालेको हो।

समितिका सचिव प्रकाश चापागाईका अनुसार बैठकले सांसद एका लाल श्रेष्ठद्वारा प्रस्तुत ‘प्रदेश युवा परिषद् ऐन’ र ‘प्रदेश युवा नीति’ को समीक्षा प्रतिवेदनमाथि छलफल गर्ने निर्णय गरेको छ।

यसैगरी, चालू आर्थिक वर्षमा नयाँ निजी अस्पतालहरूलाई दिइएको सञ्चालन अनुमति र नवीकरणसम्बन्धी विवरण सात दिनभित्र उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिइएको छ। समितिको वार्षिक प्रतिवेदन तयार पार्न उत्तम जोशीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति समेत गठन गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*