व्यावसायिक केरा खेतीतर्फ मकवानपुरगढीका किसान
मकवानपुरगढी । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानहरू पछिल्लो समय व्यावसायिक केरा खेतीतर्फ निकै आकर्षित भएका छन्। विशेषगरी गाउँपालिकाको वडा नम्बर ३ र ४ केरा उत्पादनका लागि मुख्य पकेट क्षेत्रका रूपमा विकास हुन थालेको छ। अन्न बालीको तुलनामा केरा खेतीबाट कम मिहिनेतमा राम्रो आम्दानी हुन थालेपछि यहाँका रैथाने किसानहरू परम्परागत खेती छाडेर व्यावसायिक केरा उत्पादनमा लागेका हुन्।
गाउँपालिकाको कृषि शाखाको पछिल्लो तथ्याङ्क अनुसार वडा नम्बर ३ र ४ को करिब ५० हेक्टरभन्दा बढी जमिनमा व्यावसायिक रूपमा केरा खेती भइरहेको छ। यस क्षेत्रबाट मात्रै वार्षिक करोडौँ मूल्य बराबरको केरा जिल्ला भित्र र बाहिर निर्यात हुने गरेको छ। रैथाने र हाइब्रिड जातका केराका बोटहरूले यहाँका फाँटहरू हरियाली बनेका छन्। स्थानीय बजारका साथै हेटौँडा, नारायणगढ र काठमाडौँसम्म यहाँ उत्पादित केराको माग उच्च रहेको छ।
किसानका सफलता र भोगाइ
लामो समयदेखि केरा खेती गर्दै आउनुभएका स्थानीय किसान माधव पाठ ले केरा खेतीले आफ्नो आर्थिक अवस्थामा ठूलो सुधार ल्याएको बताउनुभयो। ूपहिले अन्य बाली लगाउँदा खर्च पनि उठ्न धौ(धौ हुन्थ्यो,ू पाठकले भन्नुभयो, ूअहिले केरा बेचेरै वार्षिक लाखौँ रुपैयाँ बचत गर्न सफल भएको छु। बजारको खासै समस्या छैन, व्यापारीहरू गाउँमै आउँछन्।ू
अर्का उत्साही किसान रामचन्द्र अधिकारी ृकिसान कोडको अनुभव पनि उस्तै छ। अधिकारीले भन्नुभयो, ूहाम्रो वडा नम्बर ४ को माटो केराका लागि निकै उपयुक्त छ। तर, कहिलेकाहीँ आउने हावाहुरी र रोगव्याधिले बोट ढाल्दा भने ठूलो क्षति बेहोर्नुपर्छ। यसका लागि सरकारले समयमै प्राविधिक सहयोग र बिमाको व्यवस्था गरिदिए अझ सहज हुने थियो।ू
त्यस्तै, अगुवा किसान विष्णु सापकोटाले केरा खेतीलाई थप व्यवस्थित बनाउन सामूहिक खेती वा सहकारी मोडल आवश्यक रहेको औँल्याउनुभयो। सापकोटा भन्नुहुन्छ, ूहामीले उत्पादन त गरिरहेका छौँ, तर शीतभण्डार ९कोल्ड स्टोर० को व्यवस्था नहुँदा कतिपय अवस्थामा केरा सस्तोमै बेच्नुपर्ने बाध्यता छ। स्थानीय सरकारले बजार व्यवस्थापन र उचित मूल्य निर्धारणमा ध्यान दिनुपर्छ।ू
स्थानीय सरकारको योजना
कृषि शाखाका अनुसार गढी गाउँपालिकाले केरा उत्पादक किसानहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू अघि सारेको छ। किसानहरूलाई उन्नत जातका बेर्ना वितरण, रोग नियन्त्रणका लागि औषधी र प्राविधिक तालिमका साथै अनुदानका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
वडा नम्बर ३ र ४ लाई केराको विशेष क्षेत्र ९पकेट एरिया० घोषणा गरेरै उत्पादन बढाउने र किसानको लागत घटाउने योजना पालिकाको छ। केरा खेतीको यो विस्तारले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै युवाहरूलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न र स्वरोजगार बन्नसमेत ठूलो मद्दत पुर्याएको छ। उचित सिँचाइ र आधुनिक प्रविधिको प्रयोग बढाउन सके मकवानपुरगढी आगामी दिनमा केरा उत्पादनमा आत्मनिर्भर मात्र नभई प्रमुख निर्यातकर्ता केन्द्र बन्ने निश्चित छ।

बाइलाइन नेपाल











