खाना खानेबित्तिकै गर्न नहुने कामहरू

बाइलाइन नेपाल
February 12th, 2020

खाना खाएपछि बाहिर निस्किहाल्ने बानी धेरैको हुन्छ । तर, स्वास्थ्यका दृष्टिकोणले भने यो राम्रो होइन । स्वास्थ्य विशेषज्ञहरूका अनुसार खानापछि केही समय आराम गर्नुपर्दछ । त्यसैले, बिहान खाना खाएपछि १५/२० मिनेट आराम गर्नुपर्ने स्वास्थ्य विदहरूको सुझाव छ ।

खाना खानेबित्तिकै नगर्नुहाेस् यी काम

चुरोट

धूमपान गर्नु हानिकारक हो भन्ने हामी सबैलाई थाहा नै छ । तर, खाना खाएलगत्तै धूमपान गर्दा स्वास्थ्यमा अन्य बेलाको भन्दा बढी हानि पुग्छ । खानापछि शरीरको रक्त सञ्चार छिटोछिटो हुन्छ । यस्तो बेला ध्रूमपान गर्दा धूवाँले फोक्सो तथा किड्नीमा तीव्र खराबी ल्याउँछ ।

दाँत माझ्नु

खाना खानेबित्तिकै दाँत माझ्नु हुँदैन । यदि तपाईंले अमिलो हुने फल खानुभएको छ भने दाँत माझ्नाले दाँतको बाहिरी पत्र (इनामल) बाहिर निस्कन्छ । यसले गर्दा दाँतमा दीघकालीन समस्या देखिन सक्छ ।

धेरै पानी पिउनु

खानेबित्तिकै धेरै पानी पिउनु हुँदैन । यसो गर्नाले पाचनक्रिया कमजोर बन्छ ।

ड्राइभिङ गर्नु

खाना खाएपछि दिमागलाई केही बोझ पर्छ । खाना खानेबित्तिकै आफ्नो सबै ध्यान ड्राइभिङमा लगाउँदा खाना पचाउने क्रियामा दिमागको सहयोग पुग्न सक्दैन, जसकारण पेटसम्बन्धी समस्या हुन्छ ।

सुत्नु

खाना खानेबित्तिकै सुत्ने गर्नाले पाचनसम्बन्धी रोग लाग्न सक्छ । खाना खाएको कम्तीमा ३० मिनेटपछि सुत्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ ।

चिया पिउनु

चियामा एसिड पाइन्छ, जसले खानामा हुने प्रोटिन शरीरमा पच्न दिँदैन । साथै, यसले समयमै खाना पच्ने प्रक्रिया ढिलो गराउँछ ।

नुहाउनु

खाना खानेबित्तिकै नुहाउँदा हात, खुट्टा तथा शरीरको रक्त प्रवाह पेटको आसपास बढ्ने/घट्ने हुन्छ । यसबाट पाचन क्रिया सुस्त भई बिरामी पर्ने हुन सक्छ ।

जिम जानु

यदि खानेबित्तिकै जिम जानुभयो भने शरीरको मेटाबोलिज्म कम भई खाएको कुरा राम्रोसँग पच्दैन । खाना खाएलगत्तै शारीरिक कसरत गर्न असहज पनि हुन्छ ।

फलफूल सेवन

अन्य बेला फलफूल सेवन गर्नु अति नै राम्रो हो । फलफूल बहु गुणयुक्त खानेकुरा मानिन्छ । तर, खाना खानेबित्तिकै फलफूलको सेवनचाहिँ स्वास्थ्यवद्र्धक हुँदैन । यसो गर्दा ग्यास बढेर पेट फुल्न सक्छ । त्यसैले, खाना खाएको कम्तीमा आधा घण्टापछि मात्र फलफूल खाने गर्नुहोस् ।

पौडनु

खाना खानुभन्दा पहिले पौडनु राम्रो हो । खाना खानेबित्तिकै पौडिँदा मुखमा अमिलो पानी निस्कने लगयातका समस्याहरू देखा पर्न सक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*