भारतमा ७१औं गणतन्त्र दिवस मनाइँदै, सुरक्षा व्यवस्था कडा

बाइलाइन नेपाल
१२ माघ २०७६, आईतवार ०८:४३

नयाँ दिल्ली- भारतमा आज ७१औं गणतन्त्र दिवस मनाइँदैछ। राजपथमा सुरक्षा व्यवस्था कडा पारिएको छ। राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवस परेडको सलामी लिनुका साथै राजपथमा झण्डा पनि फहराउने छन्।

गणतन्त्र दिवस समारोहमा ब्राजिलका राष्ट्रपति जैर मेसिअस बोल्सोनारो मुख्य अतिथिका रूपमा रहेका छन्। उनलाई शनिवार नै राष्ट्रपति भवनमा स्वागत गरिएकाे छ।

ब्राजिलका राष्ट्रपति जैर मेसिआसको साथमा सडकमा मन्त्रीहरू र वरिष्ठ अधिकारीहरूको टोली पनि उपस्थित हुनेछ। त्यहाँ भारतको सैन्य र सांस्कृतिक काैशल देखाइने छ।

गणतन्त्र दिवसको अवसरमा १६ राज्य, केन्द्र शासित प्रदेश र देशका ६ मन्त्रालयले परेडमा भाग लिने छन्। परेडलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा गरिएको छ। दिल्ली प्रहरीले ड्रोनबाट राजपथमा निगरानी गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*