अस्ट्रेलियामा भीषण आँधीबेहरी, तीस हजार घरमा विद्युत सेवा अवरुद्ध

बाइलाइन नेपाल
७ माघ २०७६, मंगलवार १८:३७
In this Sunday, Jan. 19, 2020, photo, a dust cloud billows over a street in Dubbo, Australia, 400 kms (248 miles) west of Sydney. Wind gusts of 107 kilometers an hour (66 mph) were recorded in Dubbo as the dust storm descended over the town. (Ian Harris via AP)

सिड्नी- मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युत सेवा अवरुद्ध भएको छ ।

मंगलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो ।

राज्य आपतकालीन सेवा (एसईएस) का अनुसार सहयोगका लागि सिड्नीको दक्षिणी उपनगरबाट मध्यरातमा आठ सय भन्दा बढी टेलिफोन कल आएका थिए ।

रुखले सडकमा गुडिरहेका कैयौं मानिसका कारलाई थिचेको थियो । केही भागहरूमा प्रति घण्टा १०० किलोमिटरको रफ्तारमा आँधीबेहरी आएको बताइएको छ ।

सिडनीको पश्चिममा रहेको ब्रिन्जेली सपिङ्ग सेन्टरको छानाका केही भागहरू हावाले उडाएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*