इन्टरपोलका पूर्वप्रमुखलाई चीनमा साढे १३ वर्षको जेल सजाय

बाइलाइन नेपाल
७ माघ २०७६, मंगलवार १५:३८

बेइजिङ । पूर्वइन्टरपोल प्रमुख मेङ होङवेइलाई भ्रष्टाचारको अभियोगमा चीनको एक अदालतले साढे १३ वर्षको जेल सजाय तोकेको छ । उनलाई सन् २०१८ मा चीनमा पक्राउ गरिएको थियो । उनी चीनका सार्वजनिक सुरक्षासम्बन्धी पूर्व उपमन्त्री पनि हुन् ।

उनी फ्रान्सबाट चीन गएका बेलामा बेपत्ता भएका थिए । पछि उनलाई घूस लिएको स्वीकार गरेको भन्दै चीनको कम्युनिस्ट पार्टीबाट निष्कासन गरिएको थियो । गत वर्ष उनकी पत्नीलाई फ्रान्समा आश्रय दिइएको थियो । पत्नी र छोराछोरीलाई अपहरणका लागि लक्षित गरिएको त्यतिबेला चर्चा भएको थियो ।

मेङलाई १३ वर्ष र ६ महिनाको जेल र २ लाख ९० हजार युआन जरिवाना तोकिएको जनाइएको छ । उनीबारे फैसला मंगलबार तियान्जिन फर्स्ट इन्टरमिडियट पिपुल्स कोर्टले गरेको हो । सो अदालतले मेङले गल्ती स्वीकार गरेको र पुनरावेदन नगर्ने जनाएको छ । (एएफपी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*