आजको मौसम : देशभर वर्षा र हिमपात

बाइलाइन नेपाल
३ माघ २०७६, शुक्रबार ०९:१०

नेपालमा अहिले पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। जसको कारण नेपालको पश्चिमी, मध्य भू–भागमा र पुर्वी पहाडी भू–भागमा सामान्य देखि पूर्णतया बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार माघ ३ गते शुक्रबार दिउँसो स् देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको छ।

शनिबार दिउँसो देशभर आन्शिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

आइतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू–भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ। रातीदेखि भने देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*