हेटौंडा ४ र ५ वडामा शहरी स्वास्थ्य केन्द्र उद्घाटन्
हेटौंडा । हेटौंडाका दुईवटा वडामा आज देखि शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । हेटौंडा ४ र ५ मा निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्रको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गरेका छन् । आज उद्घाटन् गरिएका स्वास्थ्य केन्द्रमा भोलीबाट स्वास्थ्य सेवा सुरु हुने मेयर महतले बताए ।
हेटौंडा ४ को वडा कार्यालय परिषरमा मोहन बर्जाचार्य शहरी स्वास्थ्य केन्द्रको आज उद्घाटन् गरिएको हो । हेटौंडाका १९ वटै वडामा शहरी स्वाथ्य केन्द्र सुरु गर्ने अभियान अनुसार आजै दुईवटा वडामा उद्घाटन् गरिएको मेयर महतले बताए । सामान्य बिरामीको उपचार अब वडा स्तरबाटनै दिने उद्देस्यले स्वास्थ्य केन्द्र स्थापना गरिएकमो उनले उल्लेख गरे ।
दुईजना स्वास्थ्यकर्मीबाट पुस २१ गतेबाट सेवा सुरु गरिने हेटौंडा ४ का वडाअध्यक्ष नविन सिग्देलले बताए । यसैगर हेटौंडा ५ मा पनि केन्द्रको उद्घाटन गरिएको छ । वडा कार्यालय नजिकै रहेको केन्द्रको मेयर महतले उद्घाटन् गरे । यहँ पनि भोलीबाट सेवा सुरु गरिने जनाइएको छ ।

बाइलाइन नेपाल











