साउदी अरबमा अभद्र पहिरन लगाएको र उत्पीडनको आरोपमा २ सय बढी पक्राउ

बाइलाइन नेपाल
१५ पुष २०७६, मंगलवार १०:०१

एजेन्सी , साउदी अरबमा सामाजिक शिष्टता भंग गरेको आरोपमा २ सय बढीलाई पक्राउ गरिएको छ । अति रुढीवादी यो देशमा सामाजिक नीति नियम खुकुलो बनाएपछि पक्राउ गरिएको यो पहिलो घटना हो ।

१ सय २० पुरुष र केही महिलालाई एक हप्ताको बीचमा पक्राउ गरिएको छ । पुलिसका अनुसार उनीहरुलाई सामाजिक सद्भावमा खलल पुर्याएको, उत्पीडन गरेको र अभद्र पहिरनमा देखिएका कारण पक्राउ गरिएको हो ।

पुलिसले अर्को छुट्टै वक्तव्य जारी गर्दै उत्पीडनको मामलामा अन्य ८८ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । थुप्रै महिलाले यस वर्षको सुरुवातमा रियादमा आयोजित एमडीएल बिस्ट म्युजिक फेस्टिबलमा उत्पीडन भएको सोसल मिडियामामार्फत् जानकारी दिएको पुलिसले जानकारी दिएको छ ।

अभद्र पहिरन लगाउनेलाई पनि नियम तोडेको भन्दै पक्राउ गरिएको रियाद पुलिसले मंगलबार श्रृङ्खलाबद्ध रुपमा ट्वीट गर्दै जानकारी दिए ।

जसले नियम तोडेका छन्, उनीहरुलाई जरिवाना पनि तोकिएको पुलिसले सोसल मिडियामार्फत् जानकारी दिएका छन् । यद्यपि, जरिवानाबारे भने केही जानकारी दिइएको छैन ।

एमडीएफ इलेक्ट्रोनिक म्युजिक फेस्टिबल अहिलेसम्म होस्ट गरिएको देशको सबैभन्दा ठूलो कार्यक्रम बताइएको छ ।

पक्राउ परेकालाई कहिलेसम्म हिरासतमा राखिने भनेर पुलिसले जानकारी पनि दिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*