तीन दिनसम्म पानी पर्ने,सतर्क रहन आग्रह

बाइलाइन नेपाल
२९ असार २०७९, बुधबार ०७:५०

आज बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि आँकलन गरिएको छ। बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

शुक्रबार लुम्बिनी र कर्णाली तथा तराईका थोरै स्थानमा वर्षाको प्रक्षेपण गरिएको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

हेर्नुहोस् शुक्रबारसम्मकाे माैसम अनुमान
बुधबार
दिउँसो: देशभर सामान्य बदली रहनेछ। देशका प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भूभागलगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बिहीबार
दिउँसोः देशभर सामान्य बदली रहनेछ। देशका लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

शुक्रबार
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ ,मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*