हेटौंडामा सुविधासम्पन्न ल्याब सञ्चालनमा,अब बायोप्सी जाँच पनि हुने
हेटौंडा । हेटौंडामा सुविधासम्पन्न ल्याबसहितको बागमती पोलिक्लिनिकको शुभारम्भ भएको छ ।
हेटौंडा उपमहानगरपालिका– १ भिन्तुनापथमा बुधबार बागमती पोलिक्लिनिक थाइरोकेयर एण्ड डायविटिक सेन्टरको उद्घाटन गरिएको हो । पोलिक्लिनिकको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर महेश्वर श्रेष्ठले उद्घाटन गरेका हुन् ।
छिटो छरितो र भरपर्दो सेवा दिनका लागि अत्याधुनिक ल्यावसहितको उपचार सेवा सुरु गरिएको पोलिक्लिनिकका संचालक उत्सव चौलागाईंले बताए ।
हालसम्म हेटौंडामा परीक्षण नहुने रोगहरुको पनि परीक्षण सुरु गरिएको चौलागाईंले जानकारी दिए। वरिष्ठ कन्सल्टेन्ट चिकित्सकद्वारा विशेष उपचारको व्यवस्था, सुगर, थाईराइड, हर्मन, मुटु रोग, छाला, हाडजोर्नी, बालरोग, स्त्री रोग, ईसीजी, इको लगायतका सम्पूर्ण चेकजाँच पोलिक्लिनिकमा हुने बताइएको छ ।

साथै बायोप्सी (सानो मासुको टुक्रा निकालेर गरिने जाँच) समेत यहिँ हुने बताइएको छ । हालसम्म मकवानपुरमा बायोस्पी जाँच हुने गरेको छैन् । यसका लागि बिरामी बाहिरका जिल्लामा जानुपर्छ। एमडी प्याथोलोजिस्टद्वारा बायोप्सीको विशेष जांच गरिने व्यवस्था मिलाइएको संचालक चौलागाईंले बताए ।
ल्याबमा प्याथालोजिस्ट तथा दक्ष जनशक्तिहरुले २४ सै घण्टा सेवा दिने र जतिसक्दो चाडो रिपोर्ट दिने व्यवस्था मिलाइएको उनले बताए ।
शुभारम्भका अवसरमा सुगरलगायतका विभिन्न परिक्षण निःशुल्क गरिएको छ भने थाईराइडसहितअन्य सम्पूर्ण परिक्षणमा ५० पतिशत छुट दिइएको छ । परिक्षण गराउन आउनेलाई निःशुल्क सदस्यता कार्डसमेत वितरण गरिएको छ । सदस्यता कार्ड हुने बिरामीका लागि १० प्रतिशत छुट गरिने पोलिक्लिनिकले जनाएको छ ।
पोलिक्लिनिकमा आउँदो चैत १२ गते शनिबार वरिष्ठ थाईराइड, सुगर तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सौरभ खतिवडा आउने पोलिक्लिनिकले जनाएको छ ।

बाइलाइन नेपाल











