भारतमा एक दिनमा भेटिए ६९,५४४ संक्रमित, ८ दिनमा छैटौँ पटक १००० भन्दा बढीको मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका ६९,५४४ मामिला भेटिएका छन् । यस्तै सोमबार ६७,५९७ नयाँ संक्रमित भेटिएका थिए । सोमबारको तुलनामा मंगलबार संक्रमितको संख्यामा साधारण वृद्धि भएको छ । यतिबेला १.७२ लाख बिरामी निकोसमेत भएका छन् र १,२१५ कोरोना संक्रमितको ज्यान गएको छ । भारतमा हाल ८.८३ लाख जना संक्रमित कोरोनाको उपचार गराइरहेका छन् ।
यस्तै, भारतमा ८ दिनमा छैटौँ पटक कोरोनाका कारण ज्यान गुमाउनेको संख्या हजारभन्दा बढी रहेको छ । यद्यपि, संक्रमितमा लगातार गिरावट आइरहेको छ । फेब्रुअरीको ८ दिनमा कोरोनाका दैनिक संक्रमितमा ५७ प्रतिशतको गिरावट आएको छ ।

बाइलाइन नेपाल











