भारतमा कोभिडबाट पछिल्लो २४ घन्टामा ७०३ जनाको मृत्यु

बाइलाइन नेपाल
७ माघ २०७८, शुक्रबार १२:०५

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३.४७ लाख नयाँ संक्रमित भेटिएका छन् । बिहिबारको तुलनामा शुक्रबार भेटिएका नयाँ संक्रमितमा ९ प्रतिशतको वृद्धि भएको छ जबकी संक्रमितको दर १६.४१ प्रतिशतले बढेर १७.९४ प्रतिशत भएको छ ।

यसबाहेक पछिल्लो २४ घण्टमा ७०३ जनाको मृत्युसमेत भएको छ । यो बिहिबार मृत्यु हुनेको संख्याभन्दा बढी छ । पछिल्लो २४ घण्टामा २.५१ लाखभन्दा बढी संक्रमित निको भएका छन् । यस्तै, सक्रिय संक्रमितको संख्या २०.१८ लाख हो । भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या ९,६९२ पुगेको छ । यसमा पनि अघिल्लो दिनको तुलनामा ४.३६ प्रतिशतको वृद्धि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*