कोरोनाविरुद्धको बुस्टर डोज लगाउनु भयो ? क–कसले पाउँछन् ?

बाइलाइन नेपाल
४ माघ २०७८, मंगलवार १७:०४
फाइल तस्वीर

सरकारले अग्रपङक्ति तथा सार्वजनिक सेवामा खटिनेहरुलाई बुस्टर मात्रा दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार अर्थात् माघ २ गतेदेखि बुस्टर मात्रा दिने घोषणा गरेपनि उपत्यका तीनै जिल्लाले भने तयारी नपुगेको भन्दै मंगबारदेखि बुस्टर दिन सुरु गरेका हुन् ।

बुस्टर डोज कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएर ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिनेलाई दिन सुरु गरिएको छ भने ६० वर्ष माथिका सबै नागरिकहरु तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई माघ १४ गतेदेखि दिन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुस्टर डोज पहिले जुन लगाइएको हो सोहीको मात्रा दिइन्छ । बुस्टर डोज लगाउनका लागि लक्षित समूहरुले आफ्नो खोप कार्ड र आवश्यक काजजातसहित खोप केन्द्रमा पुग्न मन्त्रालयले आग्रह गरेको छ ।

अग्रपङ्क्ति तथा सार्वजनिक सेवामा खटिने व्यक्तिहरु यी हुन्ः

–स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी

–सुरक्षाकर्मी

–फोहोर सङकलन तथा सरफाइकर्मी

–एम्बुलेन्स तथा शव वाहन चालक

–महिला स्वयंसेविका

–त्रिमुवन विमास्थलमा खटिने कर्मचारी

–सार्वजनिक क्षेत्र वा सरकारी कार्यालयमा कार्यरत कर्मचारी

–बैकमा कर्मचारी

–सञ्चारकर्मी पत्रकार

–सार्वजनिक यातायातका चालक तथा सहचालक

यस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु

–सक्रिय क्यान्सर रोगीहरु

–एचआई.भी भएका बिरामी

–अङ्ग प्रत्यारोपण गरेका बिरामीहरु

–उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरु सेवन गरिरहेका बिरामीहरु

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*