बोरामा सुनचाँदी र अर्बौँ रुपैयाँ भरेर लुकाउने व्यापारी पक्राउ

बाइलाइन नेपाल
१२ पुष २०७८, सोमबार १२:०६

भारतको कानपुरस्थित अत्तर व्यवसायी पियुष जैनलाई कर छलीको आरोपमा पक्राउ गरिएको छ । उनको घर र कारखानामा पछिल्ला केही दिनदेखि केन्द्रीय एजेन्सीले छापा मारेर अर्बौं नगद बरामद गरेको थियो ।

गुड्स एण्ड सर्भिसेज ट्याक्स (जिएसटी) विभागमा कानपुर क्षेत्रका सहायक आयुक्त सुरेन्द्र कुमारले समाचार एजेनसी पिटिआईलाई यसबारे जानकारी दिँदै जैनलाई थप कारवाहीका लागि अहमदाबाद लैजान सकिने बताए ।

एक अन्य अधिकारीले नाम नबताउने शर्तमा पिटिआईलाई पियुष जैनको घर र कारखानामा लगातार जारी गरिएको छापामारीमा २७५ करोड भारुको नोट र सुन–चाँदी भेटिएका छन् । अधिकारीका अनुसार यो रकमको सम्बन्ध कथित रुपमा एक ट्रान्सपोर्टरको जिएसटी बचाउनका लागि नक्कली बिलसँग सम्बन्धित छ ।

यो पनिः
बोरामा भरेर राखिएका थिए २७५ किलो सुनचाँदी, फिल्मी शैलीमा लुकाइएको थियो कालो धन

यस्तै, समाचार एजेन्सी एएनआईले स्रोतलाई उद्धृत गर्दै यी छापामा १८७ करोड भारु बरामद भएको जसको कुनै हिसाब नभएको बताएको छ । एएनआईका अनुसार छापापछि अहमदाबादस्थित डायरेक्टरेट जनरल अफ जिएसटी इन्टेलिजेन्सले पियुष जैनलाई पक्राउ गरेको छ ।

को हुन् पियुष जैनः

पियुष जैन मूल रुपमा कन्नौजमा बस्छन् । उनीसँग कन्नौजमा एउटा घर, अत्तर कारखाना, कोल्ड स्टोरेज र पेट्रोल पम्प छ ।

यसबाहेक उनको मुम्बईमा पनि उनको एउटा घर छ र एउटा शोरुम पनि छ । उनका कम्पनी मुम्बईमा रजिस्टर पनि भएका छन् ।

अधिकारीका अनुसार पियुष जैन करिब ४० कम्पनीका मालिक हुन् । यीमध्ये दुई मध्यपस्र्वमा पनि छन् । यद्यपि, उनी मुख्य रुपमा अत्तर व्यवासयीको रुपमा नै चिनिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*