तेल ट्याङ्कर विष्फोट हुँदा कम्तीमा ८४ जना मृत्यु, दर्जनौ घाइते

बाइलाइन नेपाल
२० कार्तिक २०७८, शनिबार १७:५९
फाइल तस्वीर

पश्चिम अफ्रिकी देश सिएरा लिओनमा तेल ट्याङ्करमा विष्फोट हुँदा कम्तीमा ८४ जनाको ज्यान गएको छ । सिएर लिओनको राजधानी फ्रिटाउनका भएको विष्फोटमा अन्य दर्जनौ घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीकाअनुसार सहरको एब व्यस्त चोकमा ४० फिट लामो तेल ट्याङ्कर बससँग ठोक्किँदा विष्फोट भएको हो ।

कतिपयले विष्फोटबाट १०० जनाभन्दा धेरैको ज्यान गएको बताएपनि त्यसको आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन । सरकारले प्रभावित परिवारलाई सम्पूर्ण प्रकारको सहयोग गरिने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*