हिमपातको सम्भावना, सतर्क हुन आग्रह
हिमाली भू–भागमा आज हिमपात हुने भएको छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशका प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य प्रदेशमा मौसम सफा रहने छ ।
आज राति देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हिमपात हुने भएकाले आवश्यक सतर्क हुने विभागले आग्रह गरेको छ ।

बाइलाइन नेपाल











