अत्यधिक वर्षापछि युरोपमा बाढी, १५३ जनाको मृत्यु
अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परेर जर्मनीमा १३३ जनाको मृत्यु भएको छ । योसँगै युरोपमा अहिलेसम्म १५३ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै हराइरहेका मानिसहरूको संख्या बढिरहेको बताइएको छ ।
जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएको बताइएको छ । यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरूले जानकारी दिएका थिए ।
नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् ।

बाइलाइन नेपाल











