आज चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

बाइलाइन नेपाल
२४ बैशाख २०७८, शुक्रबार ०८:०१
फाइल तस्वीर

मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेकोले वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

यस्तै, महाशाखाले हाल भने देशभर आंशिकदेखि सामान्य बदली भइरहेको समेत जनाएको छ ।

यसैगरी, आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, दिउँसो देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। भने, देशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*