देशभर बदली, मेघ गर्जनसहित वर्षाको सम्भावना

बाइलाइन नेपाल
२१ बैशाख २०७८, मंगलवार ११:११

देशभरको मौसम मंगलबार आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेकाले देशभर बदली भएको हो ।

अहिले प्रदेश २ र प्रदेश १ मा सामान्यदेखि पूर्ण बदली रहेको । देशका अरु क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश २ र प्रदेश १ का केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भएको छ। मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली हुनेछ ।

प्रदेश २, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन्। पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै राति पहाडी भू–भागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*