भारतमा एकैदिन थपिए ४ लाख बढी कोरोना संक्रमित

बाइलाइन नेपाल
१८ बैशाख २०७८, शनिबार ११:२२

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गइरहेको छ । भारतमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम हुन थालेको छ भने ज्यान गुमाउनेको संख्या पनि बढ्दै गइरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४ लाख २ हजार ११० जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार ८३५ पुगेको छ ।

त्यस्तै भारतमा हालसम्म १ करोड ५६ लाख ७३ हजार जना संक्रमणमुक्त भएका छन् । भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा पछिल्लो समय कोरोना संक्रमण फैलिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*