भारतमा कोरोनाको कहर बढ्दै, एकैदिन झण्डै तीन लाख संक्रमित

बाइलाइन नेपाल
८ बैशाख २०७८, बुधबार ११:४७

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएको छ । मंगलबार भारतमा झण्डैतीन लाख जना कोरोना संक्रमण पाइएको छ । भारतमा एकैदिन यति ठुलो संख्यामा नयाँ संक्रमित पाइएको यो पहिलो पटक हो ।
भारतमा मंगलबार २ लाख ९४ हजार ११५ जनामा संक्रमण पाइएको हो । कोरोना संक्रमण सुरु भएयता भारतमा एकैदिन यति ठुलो संख्यामा कोरोना संक्रमित पाइएको यो पहिलोपटक भएको जनाइएको छ ।

मंगलबार कोरोना संक्रमणका कारण दुई हजार २० जनाको मृत्यु भएको छ । यसअघि गत सेप्टेम्बरमा एकैदिन दुई हजार चारजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मंगलबार एक लाख ६६ हजार ५२० जना संक्रमणमुक्त भएको जनाइएको छ । संक्रमणमुक्त भएको यो संख्या पनि हालसम्मकै उच्च रहेको जनाइएको छ ।
११ राज्यमा चिन्ताजनक अवस्था

महाराष्ट्र, दिल्ली, उत्तर प्रदेशसमेत ११ राज्यमा अवस्था चिन्ताजनक रहेको छ । महाराष्ट्रमा २४ घण्टाभित्र ६२ हजार ९७, उत्तर प्रदेशमा २९ हजार ५७४, दिल्लीमा २८ हजार ३९५ जना संक्रमित पाइएका छन् ।
यस्तै, केरलामा १९ हजार ५७७, कर्नाटकमा २१ हजार ७९४, छत्तीसगढमा १५ हजार ६२५, राजस्थानमा १२ हजार २०१ जना संक्रमित पाइएका छन् । मध्य प्रदेशमा १२ हजार ७२७, गुजरातमा १२ हजार २०६, तमिलनाडूमा १० हजार ४५५ जना संक्रमित एकैदिन फेला परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*