कोरोना संक्रमण : मनमोहन सिंहको अवस्था स्थिर
केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अवस्था स्थिर रहेको जानकारी दिएका छन् । ८८ वर्षीय सिंह कोरोना संक्रमित भएपछि सोमबार दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।
डाक्टर हर्षवर्धनले ट्वीट गर्दै भनेका छन्, ‘मैले एम्समा मनमोहन सिंहजीको उपचारमा संलग्न मेडिकल टिमसँग उनको बारेमा जानकारी दिएँ । उनको अवस्था स्थिर रहेको छ । उनको यथासम्भव राम्रो ध्यान राखिएको छ । हामी सबै वहाँको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछौँ ।’
सिंहले दुई दिनअघि कोरोनाको स्थितिबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका थिए । उक्त चिट्ठीको स्वास्थ्मन्त्री हर्षवर्धनले सोमबार विस्तारमा जवाफ लेखेका थिए ।

बाइलाइन नेपाल











