भारतमा कोरोना संक्रमण वृद्धिमा नयाँ रेकर्ड

बाइलाइन नेपाल
१६ चैत्र २०७७, सोमबार ०८:०६

भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो ।

यसअघि आइतबार यो वर्षकै दोस्रो धेरै ६२ हजार ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २० लाख ३९ हजार २१० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १३ लाख ५३ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख २३ हजार ६०२ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ८८१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २९५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*