शनिबारसम्म मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

बाइलाइन नेपाल
२७ फाल्गुन २०७७, बिहीबार ०९:०६

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश २ मा आंशिक बदली रहि बाकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*