सम्बन्धविच्छेद हुँदा ४१ खर्ब भन्दा बढी पाएकी महिलाले गरिन् दोस्रो विवाह
संसारका सर्वाधिक धनाढ्य जेफ बेजोसकी पूर्व श्रीमती म्याकेन्जी स्कटले एक हाइस्कूल साइन्स टिचर डेन ज्यूवेटसँग विवाह रचाएपछि चर्चामा छिन् । जेफ बेजोससँग सम्बन्धविच्छेद पछि म्याकेन्जीले ३५.६ बिलियन डलर (४१ खर्ब रुपैयाँ) को सेयर पाएकी थिइन् ।
उनले दोस्रो विवाह गरेको खबर उनका नयाँ श्रीमानले पुष्टि गरेका हुन् । स्कटको अमेजन बायोग्राफी पनि अपडेट गरिएको छ । यसमा लेखिएको छ, ‘उनी सिएटलमा आफ्ना चार सन्तान र श्रीमान् डेनसँग बस्छिन् ।’
द वाल स्ट्रिट जर्नलले पनि यी दुईले विवाह गरेको समाचार प्रकाशित गरेको छ ।
सन् २०२१ मा आइपुग्दा उनको कूल सम्पत्ति ५० अर्ब अमेरिकी डलर्सभन्दा पनि बढी भइसकेको छ र उनी संसारकी तेस्रो सर्वाधिक धनी महिला हुन् ।

बाइलाइन नेपाल











