युवराज सलमानमाथि अमेरिकाले औंला उठायो, साउदीले दियो यस्तो जवाफ
पत्रकार जमाल खग्गोसीको हत्याको विषयमा अमेरिकी गुप्तचर रिपोर्टलाई साउदी अरबको सरकारले ठाडै अस्विकार गरेको छ । साउदी अरबको विदेश मन्त्रालयले यो विषयमा बयान जारी गरेको छ । यो बयानमा भनिएको छ, ‘साउदी सरकार जमाल खग्गोसीको मामिलामा अपमानजनक र गलत निष्कर्षसम्म पुगेको अमेरिकी रिपोर्टलाई ठाडो अस्विकार गर्दछ । हामी यो रिपोर्ट खारेज गर्दछौं । यो रिपोर्टमा गलत निष्कर्ष निकालिएको छ ।’
साउदी अरबको विदेश मन्त्रालयले भन्यो, ‘यो एक नकारात्मक र नक्कली रिपोर्ट हो । हामीले यो विषयमा पहिले नै भनिसकेका छौं कि यो एक संगीन अपराध थियो जसमा साउदी अरबको कानून मूल्यको उल्लंघन गरिएको छ । हाम्रो सरकारले यो मामिलाको अनुसन्धानको लागि कडा कदम उठाएका थिए ता कि न्याय मिलोस् । यसमा समावेश मानिसहरुलाई दोषी ठहर गरियो र अदालतले उनीहरुलाई सजाय पनि दिएको थियो । अदालतको सजायलाई जमाल खग्गोसीको परिवारले पनि स्वागत गरेको थियो । हामीले त्यो हरेक आवश्यक कदम उठाएका छौं जसले यस्तो अपराध पुनः नहोस् भनेर सुनिश्चित गर्न सकोस् ।’
साउदीको विदेश मन्त्रालयले भन्यो, ‘हामी ती हरेक कोसिस खारेज गर्दछौं जसले हाम्रो नेतृत्व, सम्प्रभुता र स्वतन्त्र न्यायिक व्यवस्थामा बाधा उत्पन्न गर्छ । अमेरिका र साउदी अरबबीचको साझेदारी पछिल्लो करिब आठ दशकदेखि बलियो रहँदै आएको छ । यो साझेदारी पारस्परिक आदर र हितमा आधारित छ । हामी यो इलाका र पूरा दुनियाँमा शान्ति स्थिरताका लागि काम गर्दछौं ।’

बाइलाइन नेपाल











