‘सेक्सी’ चिया बेचेकै कारण माफी माग्नुपर्‍यो

बाइलाइन नेपाल
१० फाल्गुन २०७७, सोमबार १९:३१

वेइजिङ । चीनको एउटा चर्चित पेय पदार्थ कम्पनीलाई आफ्नो नयाँ उत्पादनमा सेक्सियस्ट नारा लेखेकै कारण सामाजिक सन्जालमा आलोचना झेल्नु पर्‍यो । अन्तत: त्यस कम्पनीले माफी नै माग्नु पर्‍यो ।

‘सेक्सी टी’ पसलले हालै चिया खाने नयाँ मग बजारमा ल्याएको थियो । मगमा कम्पनीले हुनान प्रान्तको राजधानीमा बोलिने थुप्रै भनाइ प्रिन्ट गरेको छ । जसमध्ये ‘मोल-भाउ’ शब्द लेखिएको थियो, यो शब्द कारोबारका क्रममा सस्तो डिलका लागि प्रयोग गरिन्छ । साथै आफ्नो चिया पर्खिंदासम्म महिलाहरुलाई छान्न सकिने भन्दै लेखेका थिए ।

मगमा छापिएको एउटा फोटो चीनमा प्रयोग हुने सामाजिक सन्जाल विगोमा आएपछि आलोचना हुन थालेको हो । चर्को आलोचनापछि कम्पनीले लामो बयान जारी गर्दै माफी मागेको छ । कम्पनीले जारी गरेको बयानमा यसो भनिएको छ, “हामीले एउटा अनुचित वाक्य बनायौं, स्थानीय बोलीचालीमा पनि मान्छेहरुले स्वीकार गरेनन्… हामी निकै लज्जास्पद छौं । हामीले महिलालाई अपमानित गर्न खोजेका थिएनौं ।”

अगाडि लेखिएको छ, “यो थिममा बनाएका मगहरु हामी बजारबाट फिर्ता लिन तयार छौं र हामीले यो घटनालाई गम्भीरतापूर्वक लिएका छौं ।” विगो प्रयोगकर्ताका अनुसार यस कम्पनीले पहिले पनि यस्ता स्थानीय भनाइलाई सेक्सी तरिकाले प्रयोग गरेको आरोप लगाएको छ ।

यसअघि यो चिया पसलले आफ्नो टी ब्यागमा भ्यागुताको चित्र राखेर ‘मास्टर, आई वान्ट यू’ स्लोगन राखेको थियो । जसमा भ्यागुता स्पमजस्तो देखियो भनेर विवाद उठेको थियो । यसको बचाउमा कम्पनीले महिलालाई अपमान गर्ने उद्देश्य नभएको बताएको थियो ।
-बीबीसी हिन्दी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*