अमेरिकामा हिमआँधी, कम्तीमा २३ जनाको मृत्यु

बाइलाइन नेपाल
५ फाल्गुन २०७७, बुधबार १०:०२

अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा हिमआँधीले कम्तीमा २३ जनाको मृत्यु भएको छ ।हिमआँधीपछि टेक्सासमा आपतकाल घोषणा गरिएको छ । टेक्सासका लाखौँ सर्वसाधारण विद्युत सेवाबाट बञ्चित भएका छन् ।

मंगलबार आएको आँधीले कोरोना खोप अभियान पनि प्रभावित भएको न्युयोर्क टाइम्सले जनाएको छ ।आँधीले लुसियाना, केन्टुकी, क्यारोलाइना, ओरगन र मिजौरीलगायतका राज्यमा पनि असर गरेको छ । आँधीले विद्युत र इन्टरनेट सेवा विच्छेद भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*