उत्तराखण्ड बाढीमा मृतकको संख्या ५३ पुग्यो, तीन नेपालीको सनाखत

बाइलाइन नेपाल
३ फाल्गुन २०७७, सोमबार १२:१६

भारतको उत्तराखण्डमा गएको बाढीमा परी बेपत्ता भएकामध्ये ५३ जनाको शव भेटिएको छ। उनीहरुमध्ये तीन जना नेपाली रहेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहानसम्म भेटिएका ५३ शवमध्ये २५ जनाको सनाखत भएको छ।

उनीहरुमध्ये तीन जना नेपालीको सनाखत भएको देहरादुनस्थित पत्रकार महेश पाण्डेयले बताए। उनका अनुसार मृत्यु हुने तीनै जना कैलालीको टीकापुरका हुन्। उनीहरु सोहन चौधरी, शंकर चौधरीर विष्णु मल्ल रहेको पाण्डेयले बताए।

अझै पनि १३० जना वेपत्ता छन्। वेपत्तामध्ये ३२ जना जलविद्युत आयोजनाको सुरुङभित्र रहेका छन्। उनीहरुको खोजी चलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

अहिलेसम्म सुरुङभित्र पाँच जनाको शव फेला परेको छ। उद्धारमा खटिएको टोलीले सुरुङभित्र मजदूर सुरक्षित रहेको विश्वास गरेको छ। गत २५ माघ हिमनदीको माथिबाट खसेको पहिरोका कारण धौलीगंगामा बाढी आउँदा विद्युत्‌गृह बगाएको थियो। विद्युतगृहमा काम गरिरहेका मजदूरहरु बाढीको चपेटामा परेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*