मंगलबार केही स्थानमा हिमपात, बुधबार पुनः वर्षाको सम्भावना
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
मंगलबार सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बुधबार देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहीबार सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

बाइलाइन नेपाल











