भारतमै खोप लगाउन डराउँदै मानिस

बाइलाइन नेपाल
११ माघ २०७७, आईतवार ०८:३७
फाइल तस्वीर

एजेन्सी /भारतमा १६ जनवरीबाट विश्वकै सबैभन्दा ठूलो कोरोना खोप अभियान सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्य तथा फ्रन्टलाइनमा खटिने कर्मचारीलाई खोप लगाइदैछ । ८ दिनमा १५.३७ लाख जनालाई खोप लगाइएको छ । यो लक्ष्यअनुसार ६४ प्रतिशत मात्र हो । यसको प्रमुख कारण खोपको साइडइफेक्ट र त्यसबारे जोडिएको डर रहेको छ ।

भारतमा हालसम्म ६ सयभन्दा बढीलाई खोपको साइडइफेक्ट देखिएको छ । केही राज्यमा खोप लगाएपछि मृत्यु भएको खबर पनि आएको छ । यद्यपि, पोस्टमार्टमपछि मृत्युको कारण खोप नभएको बताइएको छ ।

नयाँ दिल्लीको एम्सकी डाक्टर उमा कुमारी भारतमा हरेकको डरको पछाडि फरक कारण भएको बताउँछिन् । केही मानिसहरु खोपमाथि विश्वास गर्न सकिरहेका छैनन् भने केही खोपको साइड इफेक्टबाट डराइरहेका छन् । उनका अनुसार खोपलाई लिएर शुरुमा नै निकै भ्रम फैलाइयो । यो खोप परीक्षण नै बिना यसलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको हो भनियो । यसले पनि मानिसहरुको मनमा डर पैदा भयो । यद्यपि, खोपमके साइटइफेक्ट छाटो समयलाई मात्र देखिने उनी बताउँछिन् । डा. उमाका अनुसाा कोरोनाको खोपको साइडइफेक्ट केही घण्टाका लागि मात्र रहने बताउँछिन् ।

एम्सकै डा. सञ्जयकुमार चुघ फाइजरको खोप लगाएर विश्वका केही देशमा मानिसहरुले ज्यान गुमाएपछि पनि खोपसँग मानिसहरु डराइरहेको बताउँछन् । मानिसहरुलाई भरोसा दिलाउन केन्द्रीय स्वाथ्यमन्त्री डा. हर्षवर्धन आफै अगाडि आउनुपरेको छ । उनका अनुसार साइड इफेक्ट देखिएका मामिला पनि सामान्य रहेको छ । उता, दोस्रो चरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि खोप लगाउने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*