कोरोनाले लेबनानमा १० चिकित्कसको मृत्यु, १५ जना आइसीयूमा भर्ना

बाइलाइन नेपाल
२५ पुष २०७७, शनिबार ०७:५३

एजेन्सी- कोरोना भाइरस सङ्क्रमित लेबनानका १० चिकित्सकको मृत्यु भएको छ ।कोरोनाबाट सङ्क्रमित भएकामध्ये अरू १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् भने झण्डै २०० जना क्वारेन्टिनमा रहेका छन् ।

लेबनानको चिकित्सासम्वन्धी एउटा सवैभन्दा ठूलो संस्थाका प्रमुख रहेका चाराफ अबोले भने, ‘महामारीले नराम्ररी सताउने छ, सवै आम नागरिक अत्यन्त संवेदनशिल र सचेत हुन आवश्यक छ, स्वास्थ्यकर्मीहरुले पनि काम गर्दा उच्च सतर्कता अपनाउनु पर्छ ।’

लेबनानमा पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ४४० जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो वृद्धिसँगै लेवनानमा कोरोना संक्रमितको सङ्ख्या दुई लाख १० हजार १३९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*