बाइडेनले ट्रम्पमाथि विभिन्न आरोप लगाउँदै भने, ‘यो अमेरिकी इतिहासको सबैभन्दा कालो दिन’

बाइलाइन नेपाल
२४ पुष २०७७, शुक्रबार ०८:०५

एजेन्सी/ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बुधबारको घटनालाई अमेरिकाको इतिहासको सबैभन्दा कालो दिनमध्येको एक बताएका छन् ।डेलावेयरमा आफ्नो सम्बोधनमा उनले भने, ‘यो हाम्रो इतिहासमा सबैभन्दा कालो दिनमध्ये एक हो । ’

उनले थपे, ‘यो असन्तोष थिएन । यो कुनै विकार पनि थिएन । यो अराजकता थियो । क्यापिटलमा उनीहरु प्रदर्शनकारी होइनन् ‘दंगा गर्ने भीड’ थिए र घरेलु आतंकवादी थिए ।’‘म भन्न चाहन्छु कि हामीले भन्न सक्थ्यौं कि हामीले यो देख्न सकेनौं…. तर वास्तविकता यो होइन । हामी यो देख्न सक्छौं ।’

उनले भने, ‘पछिल्लो चार वर्षमा हामीसँग यस्ता राष्ट्रपति थिए जसले हाम्रो लोकतन्त्र, हाम्रो संविधान, हाम्रो नियम कानूनको अवमूल्यन गरेका छन् । उनले हाम्रो लोकतान्त्रिक संस्थामाथि हमला गरेका छन् ।’

जो बाइडेनले आफ्नो सम्बोधनमा थपे, ‘बुधबार जुन प्रदर्शनकारी क्यापिटल बिल्डिङ बाहिर जम्मा भएका थिए, उनीहरुको रङ्गको हिसाबले प्रहरीले खासै कडा व्यवहार देखाएन ।’

उनले भने, ‘कसैले मलाई बताउन सकेनन् कि यदि संसद भवनमा हमला गर्ने हिजो त्यहि ब्लाक लाइभ्स म्याटर अभियानका प्रदर्शनकारी हुन्थे भने उनीहरुमाथि बिल्कुल भिन्न व्यवहार हुन्थ्यो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*