जर्मनीमा लकडाउन बढ्यो, नियम थप कडा

बाइलाइन नेपाल
२२ पुष २०७७, बुधबार ०७:११

एजेन्सी/ जर्मनीकी चान्सलर एंजेला मर्केलले मंगलबार देशव्यापी रुपमा लकडाउन बढाइएको घोषणा गरिन् । अब यो महिनाको अन्त्यसम्म देशमा लकडाउन लागू हुनेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उनले लकडाउन लम्ब्याउनुका साथै संक्रमणको बढ्दो मामिलालाई मध्यनजर गर्दै नयाँ र कडा प्रतिबन्ध पनि लागू गरेकी छिन् ।

उनले भनिन्, ‘हामीले मानिसहरुको सम्पर्कलाई थप कडाईका साथ रोक्नुपर्नेछ । हामी सबै नागरिकलाई अन्य व्यक्तिको सम्पर्कमा कमभन्दा कम सम्पर्कमा आउन अपिल गर्छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*