भ्याक्सिनका लागि एडीबीले छुट्यायो ९ अर्ब डलर
एसियाली विकास बैंक (एडीबी) ले एसियाका विकासशील मुलुकमा प्रभावकारी र सुरक्षित रूपमा भ्याक्सिन पहुँचका लागि ९ अर्ब डलर रकम बराबरको परियोजना सुरु गरेको छ ।एसियाका विकासशील मुलुकमा जनतालाई कोभिड–१९ को भ्याक्सिनमा पहुँच पुर्याउन एडीबीले नयाँ कार्यक्रम सुरु गरेको हो ।
कोभिड–१९ का कारण एसिया र प्रशान्त क्षेत्रमा २ लाखभन्दा बढी मानिसको मृत्यु भएको र करिब डेढ करोड मानिसलाई कोभिड संक्रमण भएको एडीबीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोभिड–१९ महामारीका कारण एसियाका विकासशील मलुकको आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण छ । भ्याक्सिन पहुँचले कोभिड संक्रमणको शृंखला तोडिने र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने एडीबीको अनुमान छ । कान्तिपुर दैनिकमा खबर छ ।

बाइलाइन नेपाल











