थप तीन महिना यात्रा प्रतिबन्ध लगाउने अष्ट्रेलियाको घोषणा

बाइलाइन नेपाल
२४ मंसिर २०७७, बुधबार १९:५९

कोरोना भाइरसको महामारीपछि अष्ट्रेलियाले लगाएको यात्रा प्रतिबन्ध अरू तीन महिना थपेको छ ।अष्ट्रेलियाको पछिल्लो निर्णयसँगै मार्च १७ सम्म अष्ट्रेलिया भित्रिन र बाहिरिन रोक लागेको छ ।

अष्ट्रेलियाका स्थास्थ्य मन्त्री जर्ज हन्टले वायोसेक्युरीटी इमेरजेन्सी अवधि थप तीन महिना बढाइएको जानकारी दिएका छन् ।अस्ट्रेलियन सरकारले यसअघि घोषणा गरेको यात्रा प्रतिवन्धको समय डिसेम्बर १७ मा सकिँदै थियो।

हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटिले अक्सफोर्डको कोरोना भाईरस खोप फाईजर लगाउन थालिए पनि अझै चुनौती नघटेकाले यात्रा प्रतिबन्ध बढाउन आग्रह गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*