४ करोड २७ लाखले जिते कोरोना

बाइलाइन नेपाल
१३ मंसिर २०७७, शनिबार ०८:५०
फाइल फोटो

विश्वभर ४ करोड २७ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ९६ हजार ८५३ जना संक्रमणमुक्त भएसँगै विश्वभर निको हुनेको संख्या ४ करोड २७ लाख ८३ हजार ७१३ पुगेको हो । यस्तै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १९ लाख ७९ हजार ९१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख १२ हजार ८२५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६ करोड १२ लाख नाघेको हो । संक्रमितमध्ये अहिलेसम्म १४ लाख ४८ हजार ९२४ जनाको मृत्यु भएको छ । हाल विश्वभर १ करोड ७७ लाख ४७ हजार १० जना उपचाररत छन् । यसमध्ये १ लाख ५ हजार २२४ जनाको अवस्था गम्भीर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*