अमेरिकामा थप १ लाख ६४ हजारमा संक्रमण

बाइलाइन नेपाल
१३ मंसिर २०७७, शनिबार ०८:१३

अमेरिकामा थप १ लाख ६४ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ६४ हजार १२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो बृद्धिसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ३४ लाख ५४ हजार २५४ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ७९ लाख ४५ हजार ५८२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ५२ लाख ३७ हजार ६४६ जनामध्ये २४ हजार ४६४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ७१ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १३६४ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ७१ हजार २६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*