‘तुफान’ले भारतमा पाँच जनाको मृत्यु

बाइलाइन नेपाल
१२ मंसिर २०७७, शुक्रबार ०८:३९
फाइल तस्वीर

एजेन्सी- भारतमा आएको ‘निवार तुफान’ ले पाँच जनाको मृत्यु भएको छ ।तुफानका कारण तीन जना घाइते भएका छन् भने सयभन्दा बढी घरमा क्षति पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले तुफानबाट बढी प्रभावित तामिलनाडु र पुड्चेरीका मुख्यमन्त्रीसँग टेलिफोन कुराकानी गरेका छन् । उनले प्रभावित नागरिकलाई सुरक्षित बनाउने उपायका लागि कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् ।

तुफान कमजोर भएसँगै रोकिएका बस सेवा फेरि सञ्चालनमा आए पनि मानिसहरू यात्राका लागि डराइरहेका छन् । भारतीय मौसम विज्ञान विभागले दुई/तीन दिनमा तामिलनाडुमा फेरि ठूलो वर्षाको पूर्वानुमान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*