पाकिस्तानका शैक्षिक संस्थाहरु फेरि बन्द गरिँदै, परीक्षा स्थगित

बाइलाइन नेपाल
९ मंसिर २०७७, मंगलवार ०८:१३
तस्वीर : गेट्टी इमेज

एजेन्सी- कोरोन भाइरसको संक्रमण बढेपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ । सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् ।

घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ । शैक्षिक संस्थाहरु बन्द हुने भएपछि अहिले तय गरिएका सवै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । वर्ल्डोमिटर्सका अनुसार पाकिस्तानमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ३ लाख ७६ हजार ९२९ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*