कस्तो रहला आज दिनभरको मौसम ?
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली विकसित नभएको जानकारी दिएको छ । अहिले सुदुरपश्चिम प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं. १ र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । त्यसैगरी राति प्रदेश नं. १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बाइलाइन नेपाल











