आउँदो वर्षको जाडोयामसम्म कोरोना समान्य अवस्थामा आउने
खोपको प्रयोगसँगै आउदो वर्षको जाडोयामसम्म कोरोना भाइरसको संक्रमण सामान्य अवस्थामा आउने खोप उत्पादकहरूले दाबी गरेका छन् ।औषधि उत्पादक कम्पनी बायोटेकका सहसंस्थापक प्राध्यापक उगुर साहिनले आउँदो गर्मीयाममा खोप सफल भइसक्ने जनाएका छन् ।
गर्मीयाममा सफल भइसक्ने खोपमा आम मानिसको सहज पहुँच पुग्ने र जाडो याम सुरू हुँदा त्यसको असर कम भइसक्ने साहिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
बायोटेकले गएको हप्ता उसले आविष्कार गरेको खोपको प्रभावकारिता ९० प्रतिशत रहेको जनाएको थियो । झण्डै ४३ हजार जनाले उक्त खोपको परीक्षणमा सहभागिता जनाएका थिए ।
बायोटेकले तयार पारेको उक्त खोप सफल भएको दाबीसँगै कोरोना नियन्त्रणमा आउने आशा पलाएको छ । बेलायतले बायोटेक/फिजर कम्पनीले यो वर्षको अन्त्यसम्म १० लाख डोज खोप तयार गर्ने बताएको छ ।

बाइलाइन नेपाल











