कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपतिमा विजयी, के हो उनको भारतसँगको नाता ?

एजेन्सी
२३ कार्तिक २०७७, आईतवार ०८:०५

अमेरिकाको उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएको भएकी छिन् । सीएनएनले उनी उपराष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै भनेको छ, ‘कमला ह्यारिस शनिबार अमेरिकाको पहिलो महिला, अश्वेत र दक्षिण एसियाली मुलकी समेत पहिलो महिला उपराष्ट्रपति बन्न सफल भएकी छिन् ।

यसभन्दा अगाडि जम्मा दुई पटक अमेरिकामा उपराष्ट्रपतिका लागि महिलालाई उम्मेदवार बनाइएको थियो । सन् २००८ मा रिपब्लिकन पार्टीले सारा प्यालिन र सन् १९८४ मा डेमोक्रेटिक पार्टीले गिरालडिन फेरारोलाई आफ्नो उम्मेदवार बनाएका थिए । तर, दुवैले निर्वाचनमा पराजय भोगेका थिए ।

एक वर्ष पहिले क्यालिफोर्नियाको सिनेटरको भीडमा उनले अलग छाप छोड्न सफल भएकी थिइन् । यसो त डेमेक्रेटिकबाट राष्ट्रपतिको दौडमा रहेपनि उनको त्यो सपना पूरा हुन सकेको थिएन । राष्ट्रपति पदको दौडका क्रममा उनले त्यतिबेलाका आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनको चर्को आलोचना समेत गरेकी थिइन् । तर, २०१९ को अन्त्यसम्मा उनको प्रचार अभियान सन्तुलित भइसकेको थियो ।

डेमोक्रेटिक पार्टीका राष्ट्रपतिको टिकट आफूले पाएपछि बाइडेनले ५५ वर्षीय कमलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका थिए भने दुबैले शनिबारको मिडिया प्रोजेक्सनअनुसार विजय हासिल गरेका छन् ।
क्यालोफोर्नियाका डेमोक्रेट नेतृ ह्यारिस अकल्याण्डमा जन्मिएकी थिइन् भने उनकी आमा भारतीय मुलकी हुन् । यस्तै पिता जमैका मूलका हुन् । सम्बन्धिबिच्छेदपछि ह्यारिसकी हिन्दु आमाले उनको हुकाइएकी थिइन् भने उनकी आमा क्यान्सर रिसर्चरका साथै अधिकारकर्मी समेत हुन् ।

ह्यारिस भारतीय संस्कारमा हुर्किइन् भने उनको बारम्बार भारत आउजाउ पनि रहिरह्यो । ह्यारिसको मामाघर भारतको केरला भएको बताइएको छ ।उनी उपराष्ट्रपतिको दौडमा छँदा भारतको केरलामा उनको जितका लागि पूजाआजा पनि गरिएको थियो। भारतमा कांग्रेस नेता रञ्जन चौधरीले भारत सरकारले ह्यारिसको विजयको शानदार र भव्य स्वागत गर्नुपर्ने बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*